Logo

सशांक देखिए लोकप्रीय उम्मेदवार, केन्द्रीय सदस्यमा कति मत ल्याउलान् ?



shekhar koirala

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बने । यसअघि सभापतिका दाबेदार उनी प्रतिष्पर्धाबाट अलग भएर तटस्थ बसे ।

सशांकको नाम सभापतिका दाबेदार चारजनाकै प्यानल सूचीमा रहेको बुझिएको छ । महामन्त्री भइसकेको र कसैको पक्षमा नरहेको स्पष्ट पारेका उनलाई प्यानलमा भने राखिएको छ ।

सशांक काँग्रेस संस्थापक नेता वीपी कोइरालाका कान्छा छोरा हुन् । उनी लोकप्रीय उम्मेदवारका रुपमा देखिएका छन् ।

सशांक सबै सभापतिको उम्मेदवारको प्यानलमा केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा राखिएकाले लोकप्रीय मत ल्याउने चर्चा छ । केन्द्रीय सदस्यमा उनले सबैभन्दा बढी मत ल्याउने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्