Logo

कांग्रेस महाधिवेशनः फोटो पत्रकारहरुले गरे ‘क्यामरा डाउन’ (तस्बिरमा हेर्नुहोस्)



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको शुक्रबारदेखि भृकुटीमण्डपमा जारी १४औं महाधिवेशनमा फोटो पत्रकारहरुले तस्बिर तथा भिडियो खिच्न नपाएको भन्दै क्यामरा डाउन गरेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतको सभापतिको उम्मेदवारहरुले मतदान गरेको तस्बिर तथा भिडियो खिच्न नपाएको भन्दै पत्रकारहरुले क्यामरा डाउन गरेका हुन् । आज काठमाडौंको राष्ट्रिय सभा गृहमा मतदान हुँदैछ ।

फोटो खिचिरहँदा प्रहरीले पत्रकारहरुलाई बाहिर जान भनेपछि पत्रकारहरु आक्रोसित भएका थिए । प्रहरीले हातपात गर्दै फोटो खिच्न नदिएको पत्रकारहरुले आरोप लगाएका छन् । पत्रकारहरुले क्यामरा भुँइमा राखेर विरोध जनाइरहेका छन् । तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्