काठमाडौं, २७ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।
यसक्रममा सभापतिका उम्मेदवार तथा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र उनकै गुटबाट उपसभापतिको उम्मेरदवार सुजाता कोइरालाले मतदान गरेका छन् । उनीसँगै अन्य ४ जना सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
बिहान ८ बजेदेखि मतदान सुरु गरिने भनिए पनि ३ घन्टापछि मात्र मतदान सुरु भएको थियो । महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन् ।
मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।
Photo:Mukunda Kalikote/Reportersnepal.com