काठमाडौं, २७ मंसिर । प्रतिनिधि सभा सदस्य ह्दयेश त्रिपाठीले भोलि (मंसिर २८) गते नयाँ पार्टी खोल्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा विजयी भएका त्रिपाठीले भोलि नयाँ पार्टी घोषणा गर्ने भएका हुन् ।
तराई मधेसको राजनीति छाडेर सुर्य चिन्हमा विजयी भएका त्रिपाठीले मंसिर २८ गते एभरेष्ट होटल बानेश्वरमा एक कार्यक्रमको आयोजना गरेर नयाँ राजनीतिक दल जनता प्रगतिशिल पार्टी (जप्रपा) को घोषणा गर्ने भएका हुन् । त्रिपाठी २०७४ सालको चुनावमा स्वतन्त्र उम्मेदवार भएर विजयी भएका थिए ।