Logo

मतदान गरिसकेका देउवा पुनः मतदानस्थलमा (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ ।  नयाँ नेतृत्व चयनको लागि आज १२ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानस्थलमा सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः पुगेका छन् । केही समय अगाडी मतदान गरेर बाहिर निस्किएका देउवा भृकुटीमण्डपस्थित् पुनः मतदानस्थल पुगेका हुन् ।

सभापति देउवाले मतदाताहरुलाई नमस्कार गर्दै पुनः मतदानस्थलमा आएका हुन् । मतदान केन्द्र बाहिर कुर्सीमा बसिरहेका उनले मतदाताहरुलाई मतदान गर्न जाँदा नमस्कार गरिरहेका छन् ।

४ हजार ७४३ प्रतिनिधि (मतदाता) मध्ये दिउँसो करिब साढे ३ बजेसम्म ८ सय ७८ जनाले मतदान गरिसकेका छन्। कांग्रेस नेतृत्वको लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । देउवासँगै प्रकाशमान सिंह, डा.शेखर कोइराला, बिमलेन्द्र निधि र कल्याण गुरुङले पनि उम्मेदवारी दिएका छन् । कांग्रेसको महाधिवेशन रोचक मोडमा पुगेको छ ।

Photo:Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्