काठमाडौं, २७ मंसिर । शेयर बजारमा आज ३ अर्ब ९९ करोड बढीको कारोबार हुँदा गोर्खाज फाइनान्स कम्पनीको शेयरमुल्य अत्यधिक बृद्धि भएको छ । कम्पनीको शेयरमुल्यमा आज ९ दशमलव ४७ अंकले बृद्धि भएको हो ।
यसैगरी, बोटलर्स नेपालका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, यूनिलिभर नेपालका लगानीकर्ताले ४ प्रतिशत, माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका नेप्सेले जनाएको छ ।
आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।