Logo

२५औं वार्षिकोत्सवको अवसरमा एनसिसी बैंकद्धारा रक्तदान कार्यक्रम



काठमाडौं, २७ मंसिर । एनसिसी बैंकले २५औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा विभिन्न रक्तदाताबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकको भनाई छ ।

वार्षिकउत्सवको अवसरमा बैंकले हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडौ, बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले कदर प्रत्र प्रदान गरेका थिए ।

साथै बैंकले २५औं वाषिर्कोत्सवको अवसरमा ‘एनसीसी सिल्भर सेभिङ खाता’, ‘एनसीसी सुगम सिल्भर मुद्दती खाता ‘एनसिसी सिल्भर रेमिट सेभिङ खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्दती खाता’ जस्ता आकर्षक निक्षेप खाताहरु सञ्चालनमा ल्याएको जनाएको छ । बैंकको १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम बुथहरु रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot