काठमाडौं, २७ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीको म्याद थपेका छन् । भण्डारीको गत शुक्रबार पदावधि सकिएको थियो ।
तर, मन्त्री खतिवडाले पदको अर्को व्यवस्था नभएसम्मको लागि भन्दै उपकुलपतिको हैसियतमा गर्न/गराउनको लागि भन्दै भण्डारीलाई नै निरन्तरता दिएका छन् । यसअघि उपकुलपतिको पदावधि सकिएपछि रेक्टर वा रजिष्ट्रारलाई निमित्तिको जिम्मेवारी दिने चलन थियो । मन्त्री खतिवडाकै व्यक्तिगत चाहनाअनुसार भण्डारीलाई उक्त पदमा निरन्रता दिईएको पाईएको छ।