Logo

कांग्रेस महाधिवेशन : सभापतिको मतगणना राष्ट्रिय सभागृहमा नै गरिने



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनको लागि मतदान भैरहेको छ । निर्वाचन समितिले अहिले साँढे १० बजेसम्म मतदानको लागि समय तोकेको छ । सभापतितर्फको मतगणना मतदान लगत्तै सुरु हुने समितिले जनाएको छ ।

निर्वाचन समितिले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिने र पदाधिकारी र सदस्यहरुको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने जनाएको छ ।कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण कुमार गुरुङबीच प्रतिष्पर्धा छ ।



प्रतिक्रिया दिनुहोस्