Logo

काँग्रेस सभापति जित्न २३४० मत आवश्यक



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको प्रतिष्पर्धामा विजयी हुन २३४० मत आवश्यक भएको छ । सभापतिको मैदानमा रहेका ५ उम्मेदवारमध्येबाट खसेको मतको बहुमत ल्याउन उक्त मत आवश्यक पर्छ । काँग्रेसको विधान अनुसार बहुमत ल्याउनेले विजयी हासिल गर्छ ।

कुल ४७४३ मतदातामध्ये ४६७९ ले मतदात गरे । बहुमतका लागि २३४० मत आवश्यक पर्छ । वर्तमान सभापति शेरबहादुर देउवा बहुमतको दौडमा अगाडि छन् । उनलाई डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले चुनौती दिएका छन् ।

सभापतिका पाँचै जना आकांक्षीले जित्ने दाबी गरेका छन् । तर, मतदानको ट्रेन्ड हेर्दा देउवा सबैभन्दा अगाडि आउने देखिन्छ । दोस्रो बन्नेमा कोइराला वा सिंह हुनसक्छन् । कसैको पनि बहुमत नआए दोस्रो चरणको प्रतिष्पर्धा पहिलो र दोस्रो हुनेबीच चल्नेछ । त्यसैले काँग्रेसको १४औं महाधिवेशनबाट सभापतिको टुंगो लगाउनेछ ।



प्रतिक्रिया दिनुहोस्