Logo

निधिले सभापतिको लागि हुने दोस्रो चरणको निर्वाचनमा कसलाई सघाउँछन् ?



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सभापतिका उम्मेद्धवार विमलेन्द्र निधिले सभापतिको लागि अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने चुनावमा कसलाई सघाउने भन्नेबारे प्रकाशमान सिंहसँग छलफल गरेर निर्णयमा पुग्ने बताए ।

उनले सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि बहुमत ल्इाएनन । सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले २२५८, डा. शेखर कोइराला १७२९, प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २४९ र कल्याणकुमार गुरुङले २० मत प्राप्त गरेका छन् ।

दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ । उता, निधिले चाहीँ यसअघि शेखरलाई सघाउने बताउँदै आएका थिए । अहिले भने प्रकाशमान सिंहसँगको छलफलपछि मात्रै निश्कर्षमा पुग्ने बताए । file photo



प्रतिक्रिया दिनुहोस्