
काठमाडौं, २८ मंसिर । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।
धनगढीमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुनेछ ।
खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आठ टोली सहभागि छन् ।