काठमाडौं, २८ मंसिर । बैंक अफ काठमाण्डूले लाइफ लाइन होम हेल्थ केयर प्रा. लि.सँग सम्झौता गरेको छ । सम्झौता पछि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
बैंक अफ काठमाण्डूले हालसम्म ९१ शाखा, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।