Logo

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा पुस २२ गते, यस्ता छन् एजेण्डा



काठमाडौं, २८ मंसिर । नेपाल पुनर्बीमा कम्पनीको पुस २२ गते छैठौं वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको सभा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा विहान ११ बजे सभा हुने भएको हो ।

कम्पनीको सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्ने जनाइएको छ ।

कम्पनीले वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्तावलाई सभाले वितरणयोग्य बनाउँनेछ ।



प्रतिक्रिया दिनुहोस्