Logo

सर्जियो अग्युरोद्वारा सन्यासको घोषणा गर्ने तयारी



काठमाडौँ, २८ मंसिर । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोले सन्यासको घोषणा गर्ने तयारी गरेका छन् ।

स्वास्थ्य समस्याको कारण अग्युरोले खेल जिवनबाट सन्यासको तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनले आफनो खेल जिवनमा म्यानचेस्टर सिटीका लागि ३९० खेलमा २६० गोल गरेका छन् ।

अर्जेन्टिनाका लागि १०१ खेलमा ४१ गोल गरेका छन् ।

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका लागि २३४ खेलमा १०२ गोल गरेका छन् ।

यस्तै, उनले अर्जेन्टिना प्रिमेरा लिगमा इन्डिपेन्डिन्टेका लागि ५६ खेलमा २३ गोल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्