Logo

माओवादी केन्द्रले गर्‍यो संसदीय बोर्डको गठन



काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) ले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ ।

सांसदहरूले उठाएका विषयमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले जवाफ दिएको बैठकले मंगलबार सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएको छ ।  साथै बैठकले सर्वदलीय बैठक बसेर संसदीय गत्यावरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ । संघीय संसदको दुवै सदनको मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ । ।



प्रतिक्रिया दिनुहोस्