Logo

देउवा समूहबाट विद्रोह गरेका विश्वप्रकाशले सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने निर्णयप्रति विश्वप्रकाश शर्माले समर्थन जनाएका छन् । मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो । शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।

‘सर्वसम्मति सर्वोत्तम ! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ शर्माले ट्विटमार्फत भनेका छन् ।

पार्टीको जारी १४औं महाधिवेशनमा शर्माले सभापतिको समूहबाट विद्रोह गरेका थिए । उनले देउवाको समूहबाट महामन्त्री नपाएपछि प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेद्धवारी दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्