Logo

सिंह र निधिसँग कुनै ‘पावर शेयरिङ’को सहमति भएको छैन : बालकृष्ण खाँण



काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले शेरबहादुर देउवालाई पार्टी सभापतिमा जिताउनका लागि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग कुनै ‘पावर शेयरिङ’ नभएको स्पष्ट गरेका छन् । कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आज पत्रकारहरूसँग कुरा गर्दै खाणले देउवालाई समर्थन गर्नु सभापतिमा लडेका नेताहरूको लचकता भएको बताएका हुन् ।

उनले भने, ‘शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नु हुन्छ, नेताहरूको लचकताका कारण देउवालाई समर्थन गर्ने निर्णय भएको हो। केही पावर सेयरिङ गरेका छैनौँ ।’-File Photo-RN



प्रतिक्रिया दिनुहोस्