Logo

बालकृष्ण खाँणको दाबी: शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नुहुन्छ



काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सभापति का प्रत्यासी शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्ने दाबी गरेका छन्। कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आज पत्रकारहरूसँग कुरा गर्दै खाणले यस्तो बताएका हुन्।

खाँणले पार्टी सभापतिमा जिताउनका लागि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग कुनै ‘पावर शेयरिङ’ नभएको स्पष्ट गरेका छन् । देउवालाई समर्थन गर्नु सभापतिमा लडेका नेताहरूको लचकता भएको उनले बताए। उनले भने, ‘शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नु हुन्छ, नेताहरूको लचकताका कारण देउवालाई समर्थन गर्ने निर्णय भएको हो। केही पावर सेयरिङ गरेका छैनौँ ।’-File Photo



प्रतिक्रिया दिनुहोस्