काठमाडौँ, २८ मङ्सिर। प्रदेश–२ का प्रदेश प्रमुख हरिशंकर मिश्रले भोलि (बुधबार)का लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन् । भोलि बस्ने प्रदेशसभा बैठकका लागि तयारी पूरा गरिएको प्रदेश–२ को प्रदेशसभा सचिवालयले जनाएको छ ।
भोलि बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव पेस गरिने तथा केही अध्यादेशहरूमाथि पनि छलफल हुने कार्यसूची रहेको छ ।-File Photo