Logo

फिलिपिन्सको राष्ट्रपतिका उम्मेदवार गोद्धारा उम्मेदवारी फिर्ता



२८ मङ्सिर : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका लामो समयदेखिका सल्लाहकार क्रिश्टोफर गोले राष्ट्रपतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्न लागेका उनले प्रतिश्पर्धाबाट पछाडि हट्ने निर्णय गरेका हुन् ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ४७ वषीय गोले आफ्नो प्रतिश्पर्धाको मैदानमा नरहेको जानकारी गराएको स्पष्ट पारेका छन् । उनले अहिलेसम्म आफूलाई सहयोग, समर्थन र हौसला प्रदान गर्ने सवैप्रति आभार प्रकट गरेको समाचारमा जनाइएको छ ।

उनले सुरुमा उपराष्ट्रपति पदका लागि उम्मेदवार दिएपनि पार्टीको निर्णयका आधारमा पछि राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए । राष्ट्रपति डुटेर्टे नेतृत्वको पार्टीकै निर्णयका आधारमा उनले उम्मेदवारी फिर्ता लिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले अब राष्ट्रपतिमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट नपर्नु भएको समाचारमा जनाइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्