Logo

सभापतिको लागि दोस्रो चरणको मतदान सुरु, फोनमा व्यस्त शेखर कोइराला



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनको लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच प्रतिष्पर्धा भएको छ । अहिले मतदानमा महाधिवेशन प्रतिनिधिहरु लाईनमा छन् ।

सभापतिका उम्मेद्धवारहरु देउवा र कोइराला मतदानस्थलमै छन् । देउवाले आफू निकै खुशी रहेको प्रतिक्रिया पत्रकार ऋषि धमलासँगको कुराकानीमा बताईसकेका छन् ।

उनले आफूले जितेपछि पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई मिलाएर लैजाने प्रतिक्रिया दिएका छन् । उता, सभापतिका अर्का उम्मेद्धवार शेखर भने आफूनिकट नेताहरुसँग बसेका छन् । उनी मोवाईल फोनमा व्यस्त देखिन्छन् ।

तस्विर : ईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot