काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले कांग्रेसको १४औं महाधिवेशनले एकताको सन्देश दिएको बताए । पत्रकार ऋषि धमलासँग कुराकानीको क्रममा उनले भने, ‘सम्पुर्णलाई एकताको सन्देश दिँदै महाधिवेशन आज सकिदै छ । कांग्रेसले महाधिवेशन गरेन भनेर ब्यापक चर्चा भइरहेको बेला लोकतान्त्रिक पद्धतीबाट महाधिवेशन सम्पन्न गरेका छौ । यो खुशीको कुरा हो ।’
नेता खतिवडाले पहिलो चरणमा पराजित भएका विमलेन्द्र निधि र प्रकाशमान सिंह जस्ता नेताहरुले शेरबहादुर देउवालाई समर्थन गरेकोमा खुशी व्यक्त गरे । ‘वर्तमान अवस्थामा पनि देउवा सभापति र देशको प्रधानमन्त्री हुनुहुन्छ । हारेको प्रधानमन्त्री र सभापति चुनावमा जान सुँहाउदैन् भन्दै उनले कांग्रेसलाई प्रिय र पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिए ।
उनले विजयी भएका पार्टी सभापति देउवालाई लिएर आगामी चुनावमा कांग्रेस पार्टीलाई पहिलो र प्रिय बनाउने काममा लाग्नुपर्ने बताए ।
https://www.facebook.com/primetimestvnepal/videos/315465377095392