Logo

एमसीसी बिरोधकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा झडप



काठमाडौं, २८ मंसिर । संसद भवन घेर्न गएको एमसीसी बिरोधकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा मंगलबार झडप भएको छ । माइतीघरबाट नारा जुलुस गर्दै गएकोसमूहलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रदर्शनको नेतृत्व विभिन्न आठ वटा राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका नेतृत्वले गरेको हो । एमसीसीविरुद्धको संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा नेपाल नागरिक अभियानका सचिव हरिहर घिमिरे, सामाजिक अभियन्ताहरु मनिष श्रेष्ठ, विनयजंग बस्नेत, हेमराज थापालगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot