काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान जारी छ । अहिलेसम्म २५ सय मत खसेको छ ।
६ वटा बुथमा मतदान भइरहेको छ । मतदान निकै छिटो भइरहेकाले ९ बजेसम्म सकिने देखिएको छ । मतदानलगत्तै गणनाको तयारी पनि भएको छ । मतपरिणाम मध्यरातिसम्म आउने अनुमान गरिएको छ ।
सभापतिको प्रतिष्पर्धामा शेरबहादुर देउवा र शेखर कोइराला छन् । दुवै उम्मेदवारले पहिलो चरणमा आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।