Logo

प्रकाशमान सिंहको स्पष्टिकरणः देउवालाई सभापतिमा निर्शत समर्थन गरेको हुँ



काठमाडौं, २८ मंसिर । सत्तारुढ दल नेपाली कांग्रसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई निर्शत समर्थन गरेको बताएका छन् ।

निस्चित कुनै पद लिने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सिंहले आफुले निर्शत देउवालाई समर्थन गरेको स्पष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,
आदरणीय पत्रकार साथीहरू
जय नेपाल

नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ ।
निस्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ  ।

प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु ।

जय नेपाल

प्रकाशमान सिंह



प्रतिक्रिया दिनुहोस्