Logo

देउवासँग कुनै पद लिने सम्झौता गरेको छैनः सिंह



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई सभापतिको दोस्रो चरणको प्रतिष्पर्धामा निशर्त समर्थन गरेको बताएका छन् । उनले कुनै पद लिने सम्झौता नगरेको बताएका हुन् ।

सिंहले उपप्रधानमन्त्री पदका लागि देउवालाई समर्थन गरेको खबरहरु आएपछि उनले कुनै राजनीतिक लेनदेन नभएको बताएका हुन् । उनले विज्ञप्तिमार्फत् भ्रममा नपर्न आग्रह गरेका छन् ।

सिंहको विज्ञप्ति:

”आदरणीय पत्रकार साथीहरू जय नेपाल नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ l निस्चित कुनै पद लिनेे भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ l प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ l कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु l जय नेपाल प्रकाशमान सिंह”



प्रतिक्रिया दिनुहोस्

Screenshot