Logo

सभापतिमा पूनः निर्वाचित देउवालाई पहिलो बधाई विनोद चौधरीको



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । उनले शेखर कोइरालालाई आज पराजित गरेर सभापतिमा दोस्रो कार्यकालको लागि यात्रा तय गरेका छन्।

सभापतिमा पूनः निर्वाचित भएपछि देउवालाई बधाई दिने क्रम सुरु भएको छ । पहिलो बधाई कांग्रेसकै सांसदसमेत रहेका नेपालका एकमात्र डलर अर्वपति डा. विनोद कुमार चौधरीले दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत देउवालाई सभापतिमा पूनः विजयी भएकोमा बधाई दिँदै देउवाको नेतृत्वमा कांग्रेसले आर्थिक क्रान्तिको अभिभारा पूरा गर्न सकोस भन्ने शुभकामना पनि दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot