काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले विरासतका आडमा आफूलाई सभापति बन्नबाट रोकेको टिप्पणी गरेका छन् । उनले विगतमा आफ्नो समूहमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहप्रति असन्तुष्टि जनाउँदै विरासतका नाममा आफूलाई अस्वीकार गरिएपछि खुलेर नआएको बताए ।
विरासतको आँडमा मलाई हटाइयो, पौडेलले ऋषि धमलासँगर नेपाली रेडियो नेटवर्कसँग भने, अनि म नाङ्गिएर आउनुपर्ने ? सभापतिको उम्मेदवारीबाट आफूलाई रोकेको भन्दै उनले गम्भीर असन्तुष्टि जनाए । आफू उम्मेदवार नभएपछि भोग माग्न जान नमिल्ने तर्क गरे ।
पौडेलले कसैको पक्षमा सहमति नभएपछि आफू अगाडि सर्न खोजेको बताए । उनले सहमति गरेर आउँदा आफ्नो समर्थन रहने भन्दा पनि गर्न नसकेको र आफूलाई पनि स्वीकार नगरेको तर्क गर्दै असन्तुष्टि पोखे ।