Logo

एमालेका मनोनित केन्द्रीय सदस्यहरुले आज सपथ लिदै



काठमाडौं, मंसिर २९। नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनित सदस्यहरुको सपथग्रहण आज हुने भएको छ । केन्द्रीय कमिटीमा मनोनित ४४ जनाले आज च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठान भवन सपथ लिन लागेका हुन् ।

शपथ ग्रहण कार्यक्रम अहिले विहान ११ बजे राखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथ गराउने कार्यक्रम रहेको छ ।

मंसीर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण वैठकबाट ४४ जना केन्द्रीय कमिटीमा मनोनित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्