Logo

देउवालाई अध्यक्ष नेपालको बधाई तथा शुभकामना



काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत नवनिर्वाचित सभापति देउवालाई शुभकामना व्यक्त गरेका हुन् ।

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।

उनले लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु’ ।

 



प्रतिक्रिया दिनुहोस्