Logo

देउवालाई गगनको बधाई, पार्टी रुपान्तरणमा सहकार्य हुने विश्वास



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देउवालाई बधाई दिएका हुन् । उनले देउवाले आम काँग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुवात गर्ने अपेक्षा गरेका छन् ।

उनले लेखेका छन्-आदरणीय @SherBDeuba ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।



प्रतिक्रिया दिनुहोस्