Logo

बायर्नको फराकिलो जित



काठमाडौं, २९ मंसिर । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ४०औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुवाति अग्रता दिलाएका थिए ।

साथै, ५३औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता ३–० को बनाए ।

खेलको ७२औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४–० को अग्रता दिलाए ।

यस्तै, खेलको ७४औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ५–० को जित दिलाए ।

यस जितसँगै बायर्नले १६ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

१७ अंक जोडेको स्टुटगार्ट १५ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्