Logo

एनसीसी बैंकले मनायो २५औं वार्षिकोत्सव



काठमाडौं, २९ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । २८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ ।

मिति २०७८ मंसिर २८ गते, मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम राखेको थियो । सन १९९६ अक्टोबर १४मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५औं वर्षमा पार गरेको छ ।

२५ औं वार्षिकोत्सवको अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्वभ एको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह समेत गरे ।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवलतथा सक्षम संस्थाको रुपमा काम गर्द ैगएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए । साथै यस कम्पनीका संचालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरे ।
बैंकले २५ वर्षदेखि निरन्तर कामगर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे, मंगलबहादुर बलामी र राजमान डंगोल रहेका छन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot