Logo

एमालेका मनोनित केन्द्रीय सदस्यले शपथ लिए



काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोनित केन्द्रीय सदस्यहरुले बुधबार शपथ लिएका छन् । आज ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् ।

४४ जनालाई केन्द्रीय समितिमा एमालेले मनोनयन गरेको छ । मनोनित हुने केन्द्रीय सदस्यहरुमा लालबाबु पण्डित, युवराज बास्कोटा, दल फडेरा, मानवीर राई, ऐन महर, रेशम लामा, रमेश पौडेल, यज्ञ बोगटी, विशाल भट्टराई, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, बद्री न्यौपाने लगायत ४४ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्