काठमाडौं, २९ मंसिर । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज (बुधबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशको ढाकामा हुने नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ ।
२ खेल खेल्दा अंक विहिन रहेको श्रीलंका आज पहिलो जित निकाल्न चाहन्छ ।
च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ । तस्विरः एन्फा