Logo

प्रचण्डले देउवालाई टेलिफोनबाटै दिए बधाई



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट दोस्रोपटक सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेकपा (माओवादी)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार टेलिफोनमार्फत देउवालाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएका हुन् ।

प्रचण्डले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा कांग्रेसको १४औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्