Logo

वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो पारेको भए सच्याउछौंः मन्त्री शर्मा



काठमाडौं, २९ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको बताएका छन् ।

महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा मन्त्री शर्माले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने विश्वास दिलाएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासङ्द्धारा आज राजधानीमा आयोजित ‘नवउत्थान सम्मेलन’लाई सम्बोधन गर्दै उनले भने, “वित्तीय बजारमा कतै सरकारको नीतिले अफ्ठेरो पारेको छ भने सिधै भन्नुहोुस्, राष्ट्र बैंँकमा प्रतिनिधि पनि हुनुहुन्छ, यहीँ समाधान गर्ने गरी हामी निर्णय गर्न तयार छौँ ।”

पोष्ट–कोभिडको बदलिँदो परिस्थितिमा तिव्र र दीगो आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर महासङ्ले आज उक्त बहस चलाएको हो । सम्मेलनबाट आएको निष्कर्ष कार्यान्वयनका लागि सरकारमा समेत बुझाइने महासङघले जनाएको छ ।

अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको स्मरण गर्दै यस क्षेत्रमा अझै ठुलो प्रभाव पर्नसक्ने अबस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । यस्तै, उनले श्रोत र श्रमसमेतलाई ध्यानमा राखेर अर्थतन्त्रलाई एउटा लयमा पु¥याउनुपर्ने धारणा राखेका थिए ।

मुलुकमा अहिले देखिएको तरलताको समस्याले व्याज वृद्धि हुने खतरा कायमै रहेको उल्लेख गर्दै उनले भने, “यसलाई बजारमा छाड्ने की नियमन गर्ने भन्ने कुरा गम्भिर प्रश्न छ, महासङ्घको धारणा के हो ? हामीलाई के सुझाव दिनुहुन्छ, त्यसको प्रतिक्षामा छौँ ।”

सम्मेलनको पहिलो सत्रमा तरलता व्यवस्थापन, दोस्रो सत्रमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन, र तेस्रो सत्रमा निर्यात प्रवद्र्धनका विषयमा विषय विज्ञ र आर्थिक क्षेत्रका प्रतिनिधिबीच समुहगत छलफल गरी निष्कर्ष निकालिने छ । रासस



प्रतिक्रिया दिनुहोस्