Logo

ओलीको आरोप : प्रचण्ड र ज्ञानेन्द्रबीच सहमति भएर माघ १९ को घट्ना घटेको हो (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर नै माघ १९ मा उपद्रो मच्चाईएको आरोप लगाएका छन् ।

आज (बुधबार) पार्टीका मनोनित केन्द्रीय सदस्यहरूलाई सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले सम्बोधनको क्रममा भने,‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो, के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुप¥यो नि ।’ तस्बिरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्