Logo

डा.शेखरले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिने



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिने भएका छन् ।

बुधबार कोइरालाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो ३ बजे एक कार्यक्रमको आयोजना गरेर महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने भएका हुन् ।

पहिलो चरणमा सभापतिका कुनै उम्मेदवारले आवश्यक ५० प्रतिशत मत ल्याउन नसके पछि दोस्रो चरणको मतदान भएको थियो । कोइराला शेरबहादुर देउवासँग दोस्रोपटकको चुनावमा सभापतिमा पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्