Logo

सेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले पुँजी बजारविरुद्ध बोलेको ओलीको आरोप (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सेयर कारोबारीले चन्दा नदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारविरुद्ध बोलेको आरोप लगाएका छन् । आज पार्टीका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि सेयरबजारमा जान्छ भनेछन्, लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

PHOTO BY : Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्