Logo

काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्त समारोह आज, १४ सय ४९ विद्यार्थी दीक्षित



काभ्रे, २९ मंसिर । काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोहबाट आज १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा  प्रथम चरणमा स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

आर्टसका २ सय ३४, एजुकेसनका १ सय ४, इन्जिनियरिङका २९, लका ४०, व्यवस्थापनका ४ सय १९, मेडिकल साइन्सका ५ सय ८१ र साइन्सका ४२ जना दीक्षित गरी कुल १४ सय ४९ जना दिक्षित भएका हुन् । दीक्षितमध्ये ७ सय ४७ जना महिला र ७ सय २ जना पुरुष रहेका छन् ।

२०४८ सालमा स्थापना भएको विश्विद्यालयबाट हालसम्म ३६ हजार ६ सय २४ जना दीक्षित भइसकेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहका अवसरमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot