काठमाडौं, २९ मंसिर । मंगलबार १३७ अंकले बृद्धि भएको नेप्सेमा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ४ दशमलव २३ अंकले घटेर २३ सय १४ दशमलव ६२ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ८९ अंकले घटेर ४५९ दशमलव ४१ विन्दुमा थामिएको हो ।
आज २ सय २८ कम्पनीको ७१ हजार २ सय २९ पटक कारोबार भएर ४ अर्ब ८८ करोड ३९ लाख ६ सय ७८ रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १ सय ९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।