काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएकोमा बधाई दिएका छन् । उनले गणतन्त्रमा राजकुमार प्रवृत्तिभन्दा आसिग्राम डडेल्धुराका ७८ बर्षीय शेरबहादुर देउवाले विजय हासिल गर्नु धेरै राम्रो परिणाम भएको पनि उल्लेख गरेका छन् ।
थापाले सामाजिक सञ्जाल फेशबुकमार्फत देउवालाइृ बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रममा यस्तो बताएका हुन् । उनले लेखेका छन्-
बीपी काेइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद काेइरालालगायत पहिलाे र दाेस्राे पुस्ताका नेताहरूप्रति उच्च सम्मान छ, जाे जहानिंया राणा शासन, निरंकुश राजतन्त्र र एकदलीय पञ्चायती तानाशाही व्यवस्थाविरूद्द लडेर नेतृत्वसमेत गर्नुभएकाे थियाे।
तर प्रकाशमान सिंह, डा. सशांक काेइराला, डा. शेखर काेइराला, सुजाता काेइराला, विमलेन्द्र निधि, सुनिलबहादुर थापा, डा. विजयकुमार पाैडेल र जयवीरसिंह देउवासम्म राजनीतिमा हिजाे,आज वा भाेलि सक्रिय हुनु राम्रो हाे। खासमा आआफ्ना श्रद्धेय पिताजीहरूकाे याेगदानकाे पृष्ठभूमि वा विरासत बाेकेर गणतन्त्रको युगमा पार्टीको मुख्य नेता वा अध्यक्ष र सभापति बन्ने काेशिस गर्नु छिमेकी भारतमा साेनिया, राहुल वा प्रियंका गान्धीले काँङ्ग्रेस आईकाे अध्यक्ष र नेता भएर नेतृत्व गर्नुजस्तै हविगत हुने निश्चित थियाे।
गणतन्त्रमा राजकुमार प्रवृत्तिभन्दा आसिग्राम डडेल्धुराका ७८ बर्षीय शेरबहादुर देउवाले विजय हासिल गर्नु धेरै राम्रो परिणाम हाे! पुष्पकमल दाहाल र माधव कु. नेपालकाे गठबन्धनवाला भएर देशमा नकारात्मक र पश्चगामी भूमिका निर्वाह गरी जनमतविपरित परमादेश र अध्यादेशकाे आडमा विभाजनकारी कुशासनकाे नेतृत्व गर्नुचाहिं श्री शेवदेकाे लाेभले लाभ लाभले विलापजस्ताे भएको छ । पहिलाे चरणमा विजय हासिल गर्न नसक्नु त्यसकै परिणाम हाे भन्ने हेक्का हुनु राम्रो हाेला कि !
आफूभन्दा पाँचबर्षपछि जन्मेकाे ऐतिहासिक पार्टी नेपाली काङ्ग्रेसको दाेस्राे कार्यकाल सभापति चुनिनुभएकाेमा बधाई ! पाँच बर्षपछि चन्द्रदर्शन (चाैरासी पूजा)गरेसँगै मात्र बिदावारी हुन हार्दिक शुभकामना।