काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्धवार डा. मिनेन्द्र रिजालले यसपटकको महाधिवेशनमा शेखर कोइरालाको जित भैसकेको बताएका छन् । कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन् ।
उनले अहिले सुन र पित्तल चिनिएको पनि सुनाए । उनले आफूहरु निराशा हुनुपर्ने कुनै कारण नभएको पनि सुनाए । उनले सभापतिमा विजयी शेरबहादुर देउवालाई सभापतिको मात्रै जिम्मेवारीमात्रै नभएर परिवर्तनको एजेण्डा दिएको सुनाए । उनले देउवाको काँधमा विजयीको मालामात्रै नभएर जिम्मेवारीको बोझपनि थपिएको पनि जनाए ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/335096895129330