Logo

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यको मतगणना बिहीबार हुने



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिशवेशन अन्तर्गत भएको मतदानमा केन्द्रीय सदस्यको मतगणना भोलिमात्रै हुने भएको छ । भर्खरै सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिको बैठकले केन्द्रीय सदस्यको मतगणना बिहीबार मात्रै सुरु निर्णय गरेको हो ।

उपसभापतिको मतगणना अब ४ बजेपछि सुरु हुने भएको छ । आज नै मतपरिणाम आउने पनि समितिले जनाएको छ । त्यस्तै, सर्वाधिक चासोको रुपमा रहेको महामन्त्रीको मतगणना भने भोलि मात्रै हुने भएको छ । महामन्त्रीको लागि ५ जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । सबैजना नेविसंघको राजनीतिबाट आएका हुन् ।

मंगलबार नै सभापतिको मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवाले दोस्रो चरणमा डा.शेखर कोइरालालाई पराजित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot