Logo

बारका केन्द्रीय सदस्य प्रकाश महर्जन पनि माओवादी केन्द्रको सक्रिय राजनीतिमा



काठमाडौं, २९ मंसिर । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनमा आवद्ध पदाधिकारीहरु नै दलीय राजनीतिमा सक्रिय हुनु दुःखद् हो । अहिले बारले न्यायालय शुद्धिकरणको नाम दिएर आन्दोलन दिएपनि सारमा यो व्यक्तिहरुको निजी स्वार्थको लागि गरिएको भन्ने पुष्टि भैसकेको छ ।

बारका अगुवा नेताहरुको निजी स्वार्थ पूरा गर्नको लागि आन्दोलन भएको भनेर स्वतन्त्र कानून व्यवसायीहरुले प्रतिक्रिया दिईरहेका छन् । यसपटक कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका वकिलहरुको आन्दोलनलाई सेतो पट्टी बाँधेर आन्दोलनमा उत्रिएर काउन्टर दिए । अहिले बारको आन्दोलन शिथिल बनेको छ । न्यायालय सुचारु भएको छ । गोलाप्रथा पनि लागु भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ हालै माआोवादी केन्द्रको कानून विभागमा नियुक्त भएका छन् । बारको आन्दोलनमा अगुवाई गरेका रमनकुमार श्रेष्ठ माओवादीको सरकारको पालामा महान्यायाधिवक्ता भैसकेका छन्।

अहिले बारको आन्दोलनमा सक्रिय रहेका केन्द्रीय सदस्य प्रकाश महर्जन पनि माओवादीको सक्रिय राजनीतिमा सहभागी छन् । उनी हालै माओवादीको उपत्यका बिशेष प्रदेशको सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनमा नै भाग लिएर उनले जिम्मेवारी सम्हालेका छन् ।



प्रतिक्रिया दिनुहोस्