Logo

बारको आन्दोनलबारे बरिष्ठ अधिवक्ता पन्तको प्रश्न : कुन विदेशीको पैसोले काम गरेको छ, अनुसन्धानको विषय बनेको छ



काठमाडौं, २९ मंसिर । बरिष्ठ अधिवक्ता सुशिलकुमार पन्तले नेपाल बारका पदाधिकारीको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । उनले बारले सर्बोच्च अदालत परिसरमा नै उपस्थित भएर असभ्य नारा लगाउदा गरिव सेबाग्राहीहरुबारे सोचसम्म नआउनुमा कुन विदेशीको पैसोले काम गरेको छ अनुसन्धानको विषय बनेको पनि प्रश्न उठाएका छन् ।

 

पन्तले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो प्रश्न उठाएका हुन् । उनले लेखेका छन्- “बारलाइ आफुमा बीश्वास छ भने आफनै प्रागंणमा बसेर बीरोध गरी आफ्ना सदस्यलाइ १२ बजे सम्म बहस नगर भने हुन्छ नी।  आफुमा बीश्वास नभएपछी वकील हरु बहस गर्न जालान की भनेर सर्बोच्च अदालत परीसरमा नै उपस्थित भएर असभ्य नारा लगाउदा गरीब सेबाग्राही हरु बारे सोच सम्म नआउनु मा कुन बीदेशीको पैसोले काम गरेको छ अनुसन्धान को बीषय बनेको छ।  वकील मा बिचौलिया छ भन्दछन तीनीहरुकै उपस्थिति आन्दोलन मा नारा मा बढ़ी देखीन्छ। बीधीको बीडम्बना दलका भत्तामा बारमा लाजनीती गर्नेको दबदबा भएसम्म मठाधीश को जीत पक्का।”

 



प्रतिक्रिया दिनुहोस्