Logo

काठमाडौंमा भूमिहीन भूकम्पपीडित एक जना



काठमाडौं, पुस १। गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ ।

सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि दुई लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूमिहीन लाभग्राहीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश छ । कार्यकारी समितिको विभिन्न बैठकबाट कायम भएका भूमिहीन लाभग्राहीमा उपत्यकाअन्तर्गत ललितपुरबाट भने घडेरी खरिदका लागि दुई लाख पाउने लाभग्राही ३४ र जिल्ला समन्वय समितिबाट निर्णय भएका आफू बसोबास नै गरेको स्थानमा बसोबास गर्न पाउने भूमिहीन लाभग्राहीको संख्या एक सय ९६ गरेर दुई सय ३० रहेको छ ।

बाग्लुङ र पर्वत जिल्लाको लाभग्राही संख्या शून्य रहेको छ । म्याग्दीको १, पाल्पाको २, खोटाङ ३, भोजपुर ५, गुल्मी ७, स्यांग्जा ७ दोलखा जिल्लाको लाभग्राही संख्या १२ रहेको छ ।

भूमिहीनले घडेरी किन्न २ लाख रुपैयाँ पाउने सबैभन्दा धेरै लाभग्राही संख्या भने नुवाकोटमा २ सय ६६, गोरखामा २ सय ३५, मकवानपुरमा १ सय ७८, सिन्धुपाल्चोकमा १ सय ७७, काभ्रेपलान्चोकमा १ सय ३९ लाभग्राही रहेका छन् । नुवाकोटमा आफू बसोबास गरेको स्थानमा नै बसोबास गर्न पाउने लाभग्राही शून्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot