काठमाडौं, १ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा लोकप्रीय अनुहारहरु छन् । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापा फरक प्यानलबाट उम्मेदवार छन् । उनीहरु तीनैजना लोकप्रीय नेता मानिन्छन् ।
डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजाल पनि फरक प्यानलबाट उम्मेदवार छन् । उपसभापतिको मतपरिणाम हेर्दा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरुको पल्लाभारी हुने सम्भावना बढेको छ ।
देउवा प्यानलबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार छन् । पौडेलले लोकप्रीय मत ल्याउने अनुमान गरिएको छ ।
शेखर कोइराला प्यानलबाट डा. मीनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको प्रतिष्पर्धामा छन् । थापा लोकप्रीय अनुहार भएकाले उनको जित्ने सम्भावना बलियो रहेको अनुमान गरिएको छ ।
प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार छन् । शर्मा पनि लोकप्रीय अनुहार हुन् । उनले जित्ने सम्भावना भने कमजोर देखिएको छ ।